Shikhar Insurance

गोल्यानको चुनौतीः बैंकले झैं अरू संस्थाले पनि वित्तीय विवरण सार्वजनिक गरून्

सिंहदरबार संवाददाता
२०७८ भाद्र २, बुधबार १२:५३
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले अरू संस्थाले बैंकहरूले झैं पनि वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले अनावश्यक मुनाफा गरिरहेको आरोपको जवाफमा गोल्यानले अन्य क्षेत्रहरूको लेनदेनको तथ्यांक सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

“बैंक तथा वित्तिय संस्था बाहेक अरु क्षेत्रले गरेको वास्तविक मुनाफा सार्वजनिक गर्दा सबैलाई थाहा पनि हुने र सन्तुलित तरिकाले अर्थ व्यवस्था सञ्चालन गर्न सजिलो हुन्छ,” उनले भने, ” यो कामको नेतृत्व नेपाल रास्ट्र बैंक जस्तो सक्षम संस्थाले गर्न सक्छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

गोल्यान ‘क’ वर्गका वैंकहरूलाई मर्ज गरेर घटाउँदै लैजाने नीतिगत व्यवस्थाको प्रशंसा गर्दै ‘ख’ र ‘ग’ वर्गका वैंकहरू आफैं घट्दै गएकाले दुरदराजका मानिसहरूको बैंकिङ क्षेत्रमा पहुँच अझ बढाउनुपर्ने कुरामा जोड दिए । उनले सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जा संस्थागत लगानि कर्ताहरुको लागि सहज नभएको बताए । यस कुरामा नेपाल राष्ट्र बैंकले पुनर्विचार गर्नुपर्ने उनले औंल्याए ।

नेपाल आर्थिक संघ तथा इन्स्टिच्युट फर स्ट्राटजिक एन्ड सोसियो–इकनमिक रिसर्च (आईएसएसआर) ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्