Shikhar Insurance

४ वर्षपछि यस्तो हुनेछ नेपालको पुँजीबजार, धितोपत्र बोर्डले अघि सार्‍यो योजना

सिंहदरबार संवाददाता
२०७८ भाद्र २, बुधबार २१:२४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४ वर्षे रणनीतिक योजना अघि सारेको छ । बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीका अनुसार एक खर्बको पुँजी परिचालनलाई २ खर्ब बनाउने लक्ष्यसहित चार वर्षे रणनीति तय गरिएको बताए ।

नेपालको पुँजी बजारलाई इमर्जिङ मार्केटका रुपमा स्थापित गराउने, मध्यम कालिन र दिर्घकालिन पुँजी परिचालनको भरपर्दाे माध्यमका रुपमा बजारलाई स्थापित गर्ने, बस्तु विनिमय बजारलाई शसक्त बनाउने, बोर्डको संस्थागत क्षमता अभिवृद्धि र शसक्त नियामक निकायका रुपमा स्थापित हुने, पुँजी बजारको प्रणालीगत सुधार र संस्थागत लगानीकर्तालाई भित्र्याउने, एनआरएनहरुलाई लगानीको अवसर दिने, सेयर बजारमा कारोबारका लागि नयाँ नयाँ प्रडक्टहरु ल्याउने लगायतका योजना अघि सारिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्