Shikhar Insurance

डिजिटल साक्षरताका लागि ईश्वर मन्दिर विद्यालयलाई इसेवा मनि ट्रान्स्फरको सहयोग

सिंहदरबार संवाददाता
२०७८ भाद्र २, बुधबार १५:४७
NIMB
Nabil Bank

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत भोजपुरको ईश्वर मन्दिर विद्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । डिजिटल साक्षरताका लागि मंगलबार एफवान सफ्ट गु्रपका गु्रप प्रमुख सञ्चालन अधिकृत (सीओओ) शिशिर पछाइले हेल्थ सेफ्टी एन्ड सेक्युरिटीका म्यानेजर प्रमेश केसीलाई दुईवटा एलईडी टेलिभिजन र ३० वटा कम्प्युटरमा लाग्ने हेडफोन हस्तान्तरण गरे ।

स्थापनाको छोटो समयमै तिब्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्च्वका कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । हेल्थ सेफ्टीले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । हेल्थ सेफ्टीले विद्यालयहरूलाई ई–लर्निङ सेन्टरका रूपमा स्थापित गर्न विभिन्न सहयोग गर्दै आइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८ हजार भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमाआधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्तबनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्