Shikhar Insurance

५ वर्षमा ३१ लाख नेपालीले पाए गरिबीबाट छुटकारा, ५० लाख अझै गरिब, तपाईं गरिब कि धनी ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र २, बुधबार १७:११
NIMB
Nabil Bank

काठमाडौं । १७.४ प्रतिशत नेपाली जनता अझै गरिबीको रेखामुनी रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको मल्टीडाइमेन्सनल पोभर्टी इन्डेक्स (बहुआयामिक गरिकी सुचकांक) प्रतिवेदनका आधारमा ४९ लाख ८० हजार नेपाली नागरिक अझै गरिब रहेको खुलेको हो ।

यो प्रतिवेदन सन् २०१९ को तथ्यांकका आधारमा तयार पारिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रतिवेदनका आधारमा सबैभन्दा गरिब प्रदेश कर्णाली प्रदेश हो । कर्णालीका ३९.५ प्रतिशत नागरिक गरिब रहेको प्रतिवेदनमा उल्लेख छ ।

संख्याका आधारमा सबैभन्दा बढी गरिब जनसंख्या प्रदेश नं. २ मा छ । सो प्रदेशका १२ लाख ९६ हजार नागरिक गरिब रहँदा गण्डकीमा सबैभन्दा कम २ लाख २७ हजार जना गरिब छन् ।

पाँच वर्षमा नेपालको गरिबी दर १२.७ प्रतिशतले ओर्लिएको छ । यसअघि सार्वजनिक सन् २०१४ को तथ्यांकअनुसार ३०.१ प्रतिशत नेपाली नागरिक गरिब रहेकामा सन् २०१९ मा १७.४ प्रतिशतमा झरेको हो ।

५ वर्षमा ३१ लाख जनसंख्या गरिबीबाट छुटकारा पाएका छन् ।

गरिबीको दर घटाउन सबैभन्दा बढी योगदान प्रदेश नं. २ को छ । जहाँ गरिबको संख्या आधाले घटेको छ । प्रतिवेदनले खाना पकाउन प्रयोग हुने ऊर्जा र घरायसी सुविधाबाट सबैभन्दा बढी बञ्चित रहेको देखाउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्