Shikhar Insurance

६ महिनामै फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक, आफूअनुकल टिम बनाउँदै अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३, बिहीबार १२:३१
NIMB
Nabil Bank

काठमाडौं । अर्थ मन्त्रालय मातहतका दुई महत्वपूर्ण विभागका प्रमुख फेरिएका छन् । सरकारी राजस्व उठाउने दुई ठूला निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशन हेरफेर भएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले टिम सेट गर्ने क्रममा ६ महिनामै दुई विभागको महानिर्देशक फेरेका हुन् । फागुनमा भन्सार पुगेका यमलाल भुषालको स्थानमा नारायणप्रसाद सापकोटालाई ल्याइएको छ भने सोही बेला आन्तरिक राजस्व पुगेका झक्कप्रसाद आचार्यको ठाउँ शोभाकान्त पौडेललाई जिम्मा लगाइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि पौडेलले ठूला करदाता कार्यालय प्रमुख, अर्थमन्त्रालयमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख र भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी निभाइसकेका छन् । सापकोटा भने भन्सार मातहतमा त्रिभुवन अन्तराट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख रहेका काम गरेका थिए । भन्सार प्रमुख हुनुअघि उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्