Shikhar Insurance

टोयोटाले सेप्टेम्बरमा उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने, यस्तो रहेछ कारण

सिंहदरबार संवाददाता
२०७८ भाद्र ४, शुक्रबार ०८:५७
NIMB
Nabil Bank

टोकियो । विश्वव्यापी चिप्स (पूर्जा) अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बर महिनामा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने जापानको निकी दैनिकले बिहीबार जनाएको छ ।

विश्वकै विशाल कार निर्माण कम्पनीले आगामी महिना करिब नौ लाख गाडी उत्पादन गर्ने योजना बनाएकोमा यसलाई घटाई लगभग पाँच हजारमा संशोधन गरिएको निकीले बताएको छ । यद्यपि निकीले यो भनाइ पुष्टि गर्न कुनै आधिकारिक स्रोतलाई उदृत गरेको भने छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

निकीका अनुसार दक्षिणपूर्वी एसियामा कोरोनाभाइरसको ‘डेल्टा भेरियन्ट’को सङ्क्रमण बिस्तारले टोयोटाका केही पूर्जाको खरीदमा पनि असर गरेको छ । टोयोटाले यस समाचारलाई लिएर तुरुन्तै कुनै प्रतिक्रिया जनाएको छैन ।

पूर्जा अभावका कारण जापानी विशाल मोटर्स कम्पनीका प्रतिद्वन्द्वी पनि उत्पादनलाई ढिलो वा अस्थायीरूपमा रोक्न बाध्य भएका बताइएको छ । आधुनिक कारको इलेक्ट्रोनिक्स प्रणालीको लागि माइक्रोचिप अत्यावश्यक छ । यसको गत वर्षको अन्त्यदेखि अभाव भएको छ ।

महामारीको कारण कार निर्माताले कारको माग आदेशलाई पछि धकेलेको बताएका छन् । चिप निर्माताले उत्पादन उपभोक्तालाई इलेक्ट्रोनिक्समा सारेका छन् किनभने मानिसले घरमा काम गर्न र आराम गर्न उपकरणको आवश्यक हुन्छ । महामारीका कारण कामदारको अभाव र चीन–अमेरिका व्यापार विवादको प्रभावलगायतका कारणले उत्पादन कमी भएको तर सवारीसाधनको माग भने बढेको कार निर्माण कम्पनीले बताएका छन् ।

आगामी महिनाको शुरुदेखि टोयोटाले विभिन्न जापानी कारखानामा सञ्चालन निलम्बन गर्नेछ र उत्तर अमेरिका, चीन र युरोपमा आफ्ना गाडीको मागलाई पछि धकेल्ने सोचमा टोयोटा रहेको निकीले बतायो ।

चिप्स अभाव र अन्य भाइरसजन्य आपूर्तिसमस्याले टोयोटाका जापानी कारखानामा धेरै पटक छोटो अवधिका लागि उत्पादन कार्यलाई रोकिसकिएको छ । कम्पनीले यस महिनाको सुरुतिर सार्वजनिक तथ्याङ्कमा पहिलो त्रैमासिकमा खुद मुनाफा बढेका जनाएको छ र यसको कारक कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी सङ्क्रमण दरमा आएको कमीलाई मानेको छ ।

निकीका अनुसार बिहीबार टोयोटाको शेयर ४.४२ प्रतिशत घटेर नौ हजार २९५ पुगेको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्