Shikhar Insurance

माधव नेपालसहित १४ साँसदलाई कारवाही गर्न मिल्दैनः डा. देवकोटा

सिंहदरबार संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १३:२८
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले नयाँ पार्टी गठन प्रक्रियामा सहभागी १४ सांसदलाई कारवाही गर्न नमिल्ने बताएका छन् । माधव नेपालको प्रस्तावमा राष्ट्रिय सभा उप निर्वाचनमा जितेका डा. देवकोटाले ओली समुहले हुलहुज्जत गर्दैमा १४ सांसदलाई कारवाही गर्न नमिल्ने बताएका हुन् ।

उनले कानुनले १४ सांसदलाई कारवाही गर्नै नमिल्ने स्पष्ट व्यवस्था गरिदिएको पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भनेका छन्
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानको धारा ७६(२) अनुसार संसदमा विश्वाश लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रिय कमिटि कुनैमा पनि छलफल र निर्णय भएको छैन । ( सभामूखलाई लेखेको चिठी र संलग्न कागजात अनुसार ) ।
दलीय व्यवस्थामा हरेक निर्णयहरु दलमा।पाटीमा हुनुपर्दछ । ( सर्वोच्च अदालतको हालैको फैसला अनुसार )
धारा ७६(५) को व्याख्याका सन्दर्भमा अघिल्लो धारा क्रियाशील भएपछि पछिल्लो धारा निष्क्रीय हुने भनेको छ ।
७६(२) प्रयोजनका लागि सोधिएको स्पस्टीकरणलाई थाती राखी ७६(३) र ७६(५) लाई क्रियाशील गराईएको छ ।
यतिमात्र हैन संसद विघटन गरिएको छ । स्पस्टीकरण सोधिएका साँसदहरुकै हस्ताक्षरका कारण संसद पुर्नस्थापना भएको छ । उहाँहरुकै हस्ताक्षरका कारण सरकारले विश्वाशको मत पाएको छ । यति धेरै घटनाक्रमहरु विकास भईसकेको अवस्थामा अब पछाडि फर्केर धारा ७६(२) मा सहयोग नगरेका आधारमा कारवाही गर भन्न मिल्छ ?
सभामूख संसदको सर्वोच्चता जगेर्नाको पहरेदारमात्र हैन । आफना साँसदहरुको अभिभावक पनि हुन । तथ्य र प्रमाण बिना प्रतिशोध साँध्नका लागि लेखिएको चिठीका आधारमा सभामूखले साँसदहरुलाई कारवाही गर्न मिल्दैन र पाउनुहुन्न । कारवाही नै गर्ने हो भने पनि यसको विधी होला । समयसिमा होला ।
चिठी लेख्नेवित्तिकै किन कारवाही गरिनस। सूचना टाँसिनस भनेर सभामूखमाथि हुलहुज्जत गर्न मिल्छ ?

GBIME

प्रतिक्रिया दिनुहोस्