Shikhar Insurance

झलनाथ खनालले भनेः म माधव नेपालको समाजवादी पार्टीमा छु

सिंहदरबार संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १९:३४
NIMB
Nabil Bank

काठमाडौं । एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफु माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीमा रहेको बताएका छन् । दिल्लीबाट बरिष्ठ नेता खनालले कम्युनिष्ट आन्दोलन एकिकरणका लागि आफु समाजवादी पार्टीमा रहेको स्पष्ट पारेका हुन् ।

दिल्लीमा उपचार गराईरहेका बरिष्ठ नेता खनालले समाजवादी पार्टीमा रहेको सन्देश सचिवालय मार्फत जारी गराएका हुन् । ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं । सचिवालय’, खनालको सचिवालयले भनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्