Shikhar Insurance

रचनात्मक काममा माधव नेपालका कार्यकर्ता, त्रिवि परिसरमा गरे सरसफाई

सिंहदरबार संवाददाता
२०७८ भाद्र ५, शनिबार १७:१८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का कार्यकर्ताहरुले त्रिभुवन विश्वविद्याय परिसरमा सरसफाई गरेका छन् । ‘राजनीति पेशा हैन, सेवा हो’ भन्ने मुलनाराका साथ नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले महिनामा २ दिनः २ घन्टा मेरो, राष्ट्रका लागि अभियान सञ्चालन गरिरहेको छ । माधव नेपाल नेतृत्वको पार्टीका कार्यकर्ताले शनिबार त्रिवि परिसर सफाई गरेका हुन् । पिपुल्स भोलेन्टियरका इन्चार्ज सन्दीप राईको नेतृत्वमा सफाईका लागि करिब एक सय जना युवा त्रिवि परिसर पुगेका थिए ।

झण्डा र ब्यानर नबोकि सफाई अभियानमा जुटेका उनीहरुले दुई साता अघि त्रिवि शिक्षण अस्पतालको पनि सफाई गरेका थिए ।
माधव नेपाल नेतृत्वको पार्टी अनुशासित र रचनात्मक छ, यसले नै अब देशको नेतृत्व गर्छ भन्ने सन्देश छाड्न आफुहरु अभियानसहित फिल्डमा उत्रिएको पिपुल्स भोलिन्टियर्सका इञ्जार्ज राईले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्