Shikhar Insurance

अन्ततः बामदेव गौतम पनि एकिकृत समाजवादी पार्टीमा

सिंहदरबार संवाददाता
२०७८ भाद्र ५, शनिबार १८:१४
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष बामदेव गौतमले पनि केपी ओलीको साथ छाडेका छन् । एमाले एकता जोगाउन राष्ट्रिय एकता अभियान सञ्चालन गर्दै आएका गौतमले पनि अन्ततः माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी)का पक्षमा उभ्याएका हुन् ।

गौतमको सहयोगी विश्वमणी सुवेदीले माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमको नेकपा(एकिकृत समाजवादी) पार्टीको लोगोसहितको फोटो सार्वजनिक गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बामदेवले केहि दिन अघि आफु नेतृत्वको एकता अभियानका कार्यकर्ताहरुसँगको भर्चुअल छलफलमा ओलीसँग जान नसकिने धारणा राखेका थिए । गौतम निकट अधिकांश कार्यकर्ताहरुले पनि उनलाई नेपाल नेतृत्वको पार्टीमा लाग्न भनेका थिए । सोही अनुसार गौतमले अन्ततोगत्वा नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टी रोजेको बताइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्