Shikhar Insurance

बामदेव गौतमले बोली फेरेः अहिलेसम्म एमालेमै रहेको दावी

सिंहदरबार संवाददाता
२०७८ भाद्र ६, आईतवार १२:०५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष बामदेव गौतमले बोली फेरेका छन् । उनले आफ्नो सचिवालय मार्फत विज्ञप्ति जारी गर्दै आफु एमालेमै रहेको बताएका हुन् । गौतमका स्वकिय सचिव दिपक टमाटाले गौतमको फोटो नेकपा(एकिकृत समाजवादी)को ब्यानरमा राखिएको प्रति आपक्ति जनाएका छन् । उनले गौतम हालसम्म एमालेमै रहेको स्पष्ट पनि पारेका छन् ।

यस अघि गौतमका सहयोगी विश्वमणी सुवेदीले गौतमले नेकपा(एकिकृत समाजवादी) पार्टी रोजेको भन्दै फोटोसहितको ब्यानर सार्वजनिक गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

गौतमका स्वकिय बताउने दिपक टमाटाले लेखेका छन्
आजकल केही दिन देखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क। वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होईन । क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा ९एमाले० को नेतृत्वको कार्याशैली प्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।
६ भदौ,२०७८
स्वकीय सचिवालय
वामदेव गौतम

GBIME

प्रतिक्रिया दिनुहोस्