Shikhar Insurance

युवराज खतिवडालाई फिर्ता बोलाउन गठबन्धनमा एक मत

सिंहदरबार संवाददाता
२०७८ भाद्र ६, आईतवार १२:३३
NIMB
Nabil Bank

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदुत डा. युवराज खतिवडालाई फिर्ता बोलाउन सत्ता गठबन्धनमा एकमत देखिएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभा सदस्य मनोनित गरेर अर्थमन्त्री बनाएका डा. खतिवडालाई मन्त्री पद गएपछि प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । त्यहिबिचमा डा. खतिवडालाई अमेरिकाका लागि नेपाली राजदुत बनाएर अमेरिका पठाईएको थियो ।
पछिल्लो समय ओलीले पटक पटक अवसर दिएका डा. खतिवडा कुनै समय माधव नेपालका प्रिय पात्र थिए र ओलीलाई निरन्तर गाली गर्थे ।
तर जब ओली सत्तामा आए तब उनै खतिवडालाई च्यापेर निरन्तर जिम्मेवारी दिए ।

गठबन्धनमा डा. खतिवडाले ओलीको आडभरोसामा देउवा, प्रचण्ड, नेपालका नेताहरुका कुनै पनि काम नगरेको, नियमित प्रक्रियाबाट आएको बजेट समेत काटिदिएका थिए । ‘डा. खतिवडाले यतिसम्म गरेका थिए की देउवा, प्रचण्ड र माधव नेपालका ठाउँमा नियमित प्रक्रियाबाट गएका बजेट र कार्यक्रम समेत काटिदिने गरेका थिए, अब यीनलाई नेपाल फर्काएर आराम गर्न दिनेबारे सबै एकमत छन्’, श्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसो त केपी ओलीका लागि नीतिगत भ्रष्टाचार मार्फत आर्थिक श्रोतको जोहो गर्न पनि डा. खतिवडाले आफ्नो पुरै विद्धता खर्चिएको आरोप पनि लाग्ने गरेको छ । श्रोतका अनुसार उनले कमाउ अड्डाहरुमा ओली निकट र त्यसमा पनि झापालीहरुको भर्ति केन्द्र नै बनाइदिएका थिए ।
टेक्नोक्र्याटको उपमा पाएका डा. खतिवडाले ओलीका लागि पैसा जम्मा गर्ने उपयुक्त ठाउँमा उपयुक्त पात्र छानीछानी पठाएको सत्ता गठबन्धनको निष्कर्ष छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्