Shikhar Insurance

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड भोली, २३ लाख बढीको हात खाली हुने

सिंहदरबार संवाददाता
२०७८ भाद्र ६, आईतवार १४:२३
NIMB
Nabil Bank

काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्थाको आईपीओ भोली अर्थात भदौ ७ गते बाँडफाँड हुने भएको छ । भदौ ३ गते नै प्री–अलोटमेन्ट गरेको कम्पनीले बाँडफाँट भने भोली गर्न लागेको हो ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल निष्काशनमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको थियो । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

आईपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । मानुषीको आईपीओ ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् । २३ लाख बढी आवेदकको हात भने खाली हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्