Shikhar Insurance

मानुषी लघुवित्तको आईपीओ बाँडियो, ३ जनाले ११ कित्ता पाए, तपाईलाई नी ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र ७, सोमबार ०९:३६
NIMB
Nabil Bank

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गोलाप्रथाबाट बाँडफाँट गरेको आईपीओ ३ जनालाई ११।११ कित्ता परेको छ भने बाँकी ३६ हजार ८ सय ५६ जनाले १०।१० कित्ता पाउका छन् ।

मानुषीको आईपीओमा २३ लाख ५४ हजार ७ सय ८४ जनाले २ करोड ९५ लाख ७४ हजार ७ सय ५० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन खुला गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कुल निष्काशनमध्ये ५ हजार ४ सय ६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६ सय ८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको थियो ।

कम्पनीको हाल कायम चुक्तापूँजी ७ करोड रहेको छ । आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी १० करोड ९३ लाख पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्