Shikhar Insurance

कोक र पेप्सीलाई टक्कर दिने भन्दै नेपाल भित्रियो आरसी कोला

सिंहदरबार संवाददाता
२०७८ भाद्र ७, सोमबार ०९:५८
NIMB
Nabil Bank

काठमाडौं । विश्व प्रसिद्ध आरसी कोला नेपाल भित्रिएको छ । मकवानपुरमा भेञ्चुरा बोटलर्स प्रालीले आरसी कोलाको उत्पादन तथा बिक्रि वितरण सुरु गरेको हो ।

कोकाकोला र पेप्सीका उत्पादनहरुलाई टक्कर दिने भन्दै कम्पनीले आरसी कोला, माइट्टी रेन, आरसी क्यू लेमन लाइम, आरसी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर देशभर देशभर उपलब्ध गराउन थालेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

भेञ्चुरी बोटलर्स प्रालीले मकवानपुरमा ५० करोडको उद्योग स्थापना गरेर अत्याधुनिक प्लान्ट मार्फत अमेरिकी स्तरको प्रकृयाबाट नेपाली पानीको समिश्रण गरि आरसी कोला उत्पादन हुन्छ ।

सन् १९०५ मा संयुक्त राज्य अमेरिकाबाट उत्पादन सुरु गरिएको आरसी कोला विगत ११६ वर्षदेखि संसारभरका उपभोक्ताहरुको मन जित्ने अभियानमा छ ।

आरसीका उत्पादनहरुको संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एशिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायहरुबाट अनुमोदन तथा नियमन समेत हुँदै आएको छ ।

आरसी कोलाका लागि आवश्यक कन्सन्ट्रेटेड कच्चा पद्दार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्वसबाट आयात गरिन्छ । यो संसारको एक पुरानो, मौलिक र श्रृजनशील पेय पदार्थका रुपमा स्थापित हुँदै ६७ देशमा अत्याधिक रुचाईएको उत्पादन हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्