Shikhar Insurance

मुख्यमन्त्रीका लागि भिम आचार्यले थाले ‘बार्गेनिङ’

सिंहदरबार संवाददाता
२०७८ भाद्र ७, सोमबार १०:३७
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का सचिव भिम आचार्यले प्रदेश १ को मुख्यमन्त्रीका लागि बार्गेनिङ थालेका छन् । माधव नेपाल निकट रहँदै आएका आचार्य पछिल्लो केहि महिनादेखि अध्यक्ष केपी ओलीसँग एकतामा जानुपर्ने अडानमा रहँदै आएका थिए । नेपालले नयाँ पार्टी गठन गरेपछि ओलीसँग छलफलमा रहेका मध्यमार्गी नेताहरुसँग रहेका आचार्यले कुनै हालतमा पार्टी विभाजन हुन नहुने बताउँदै आएका छन् ।

प्रदेश १ को मुख्यमन्त्री बन्नका लागि शेरधन राईसँग संसदीय दलको निर्वाचन लडेका आचार्य २ मतले पराजित भएका थिए । मुख्यमन्त्री बन्ने अभियानमा रहेका आचार्यलाई ओलीले मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि नेपाल समुह छाडेका थिए । अब भने नेपालले नयाँ पार्टी नै गठन गरेपछि एमाले बाहेकको मुख्यमन्त्री बन्ने अवस्था सृजना भएको छ । नेपालले गठन गरेको नेकपा(एकिकृत समाजवादी)का तर्फबाट युवा नेता राजेन्द्र कुमार राईलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनमा लगभग सहमति नै भैसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आचार्यले भने आफुलाई मुख्यमन्त्री बनाउने सुनिश्चितता गरे नयाँ पार्टीमा आउने भन्दै लबिङ थालेका हुन् । उनले एकिकृत समाजवादीमा रहने घोषणा गरिसकेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल मार्फत त्यस्तो लबिङ थालेका हुन् । सुरुमा खनाल निकट हुँदै नेपाल समुहमा रहेका आचार्य मुख्यमन्त्री बन्नकै लागि ओली क्याम्पमा गएका थिए । ओली क्याम्पबाट मुख्यमन्त्री बन्ने गणितिय सम्भावना नदेखेपछि उनी खनाल मार्फत बार्गेनिङमा उत्रिएका हुन् । ‘उहाँले विभिन्न सुत्रहरु मार्फत मुख्यमन्त्री बनाउने भए नयाँ पार्टीमा आउँछु भन्ने सन्देश पठाईरहनु भएको छ’, उच्च श्रोतले भन्यो ।

GBIME

प्रतिक्रिया दिनुहोस्