Shikhar Insurance

‘घाटा थेग्नै मुस्किल भयो’ भन्दै आयल निगमले बढायो इन्धनको मूल्य, अब कति ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र ७, सोमबार २०:४७
NIMB
Nabil Bank

काठमाडौं । १५ दिनमै एक अर्ब १५ करोड रुपैयाँ भन्दा बढी नोक्सानी व्यहोर्नुपरेपछि नेपाल आयल निगमले सोमबार इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टितेल सहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको
हो ।

निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ । जस अनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल र मट्टितेल क्रमशः ११३ रुपैयाँ पुगेका छन् । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आन्तरिक तर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ । अन्तराष्ट्रिय तर्फको मूल्य प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी अमेरिकी डलर ७७० प्रति किलोलिटर तोकिएको छ ।

निगमलाई अझै पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एलपपी ग्यासमा प्रति सिलिण्डर ४२०.७५रुपैयाँ नोक्सानी रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्