Shikhar Insurance

३२ सांसद र ६० केन्द्रिय सदस्य सहित माधव नेपाल चन्द्रागिरीमा

सिंहदरबार संवाददाता
२०७८ भाद्र ७, सोमबार २२:१२
NIMB
Nabil Bank

काठमाडौं । नयाँ दल दर्ताका लागि माधव नेपाल समुहका ३२ सांसद र ६० केन्द्रिय सदस्य चन्द्रागिरी हिल्स रिसोर्ट पुगेका छन् । राष्ट्रिय सभा र प्रतिनिधी सभाका ३२ सांसद चन्द्रागिरी हिल्स रिसोर्टमा बास बस्न पुगेका छन् । त्यस्तै, साविक एमालेको २०३ केन्द्रिय सदस्यमध्ये ६० जना चन्द्रागिरी हिल्समा बसेको एक सांसदले बताए ।

मंगलबार थप एक दर्जन जति केन्द्रिय सदस्य र आधा दर्जन सांसद थपिने पनि नेपाल निकट नेताहरुले बताएका छन् । एमाले विभाजन गरि नेकपा(एकिकृत समाजवादी) पार्टी गठनका लागि ३१ जना सांसद वा ४१ जना केन्द्रिय सदस्य आवश्यक पर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

निर्वाचन आयोगले पर्सी ९ गते बुधबार सनाखतका लागि केन्द्रिय सदस्य तथा सांसदहरुलाई बोलाएको छ । सोही दिन माधव नेपालको नेतृत्वमा नयाँ पार्टी गठन हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्