Shikhar Insurance

वातावरण जोगाऔं र स्वच्छ सास फेरौं भन्दै रोटरी ईन्टरनेशनलले गर्यो वृक्षारोपण

सिंहदरबार संवाददाता
२०७८ भाद्र ८, मंगलवार १९:२६
NIMB
Nabil Bank

काठमाडौं । वातावरण जोगाऔं र स्वच्छ सास फेरौं भन्ने नाराका साथ रोटरी ईन्टरनेशनलले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त वृक्षारोपण कार्यक्रममा ललितपुर महानगरपालिकाको समेत संलग्नता रहेको थियो ।

रोटरी ईन्टरनेशनल (Rotary International)  ले गर्ने सेवाको सात प्रमुख क्षेत्र (Seven Areas of Focus)  मध्ये वातावरण पनि प्रमुख क्षेत्र रहेको छ र यस अन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ का निवर्तमान डिस्ट्रिक्ट गभर्नर (Immediate Past District Governor) रोटेरीयन राजीव पोख्रेल तथा ललितपुर महानगरपालिका वडा नं २५ को वडा अध्यक्ष श्री विष्णु कुमार कार्की ज्यूको प्रमुख आतिथ्यमा रोटरी ई-क्लब अफ डिस्ट्रिक्ट ३२९२ नेपाल, रोटरी क्लब अफ जाउलाखेल मन्जुश्री र रोटरी क्लब अफ सैंबु भैंसेपाटीको संयुक्त आयोजनामा मिति २०७८-भाद्र-५ गते, शनिवारका दिन बिहान ९.३० बजे ललितपुरको भैंसेपाटी स्थित सल्लाघारीमा रोटरी क्लब अफ त्रिपुरेश्वर, ग्रीन भ्याली ग्रीन नेपाल र ललितपुर महानगरपालिका, वडा नं २५ को प्रमुख सहयोगमा करिब २५० वटा बिरुवाहरु रोपी वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो।

Citizen Life
Kumar Bank
Nepal Life

वृक्षारोपण कार्यक्रममा उपरोक्त क्लब र संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साथै, रोटरी ई(क्लब अफ डिस्ट्रिक्ट ३२९२ नेपालले वातावरण जोगाऔं र स्वच्छ सास फेरौं (Cycling for Environment) भन्ने नाराका साथ् बिहान पुल्चोक देखि सिकाली, खोकना हुँदै भैसेपाटी सम्म साईकलिंग कार्यक्रमको पनि आयोजना गरियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्