Shikhar Insurance

मौद्रिक नीति अनुसार आयो नयाँ एकिकृत निर्देशनः यस्तो हुनेछ कार्यान्वयन

सिंहदरबार संवाददाता
२०७८ भाद्र ८, मंगलवार १९:३०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अनुसारको संसोधित एकिकृत निर्देशन जारी गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अघि सारिएका व्यवस्थाहरु कार्यान्वयनका योजनासहितको एकिकृत निर्देशन जारी भएको हो ।

राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो गणनाको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । मौद्रिक नीतिमा अहिलेको सीसीडी हटाएर सीडी रेसियो अपघ सारिएको थियो र त्यस्तो रेसियो २०७९ असार मसान्तभित्र ९० प्रतिशत कायम हुनुपर्ने उल्लेख थियो । सीडी रेसियोको नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तिय संस्थाहरुको कर्जा क्षमता एक खर्ब रुपैयाँ भन्दा बढीले वृद्धि हुने बैंकरहरुले बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिको व्यवस्था अनुसार सेयर धितो कर्जामा थप कडाइ गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा बढीमा १ वर्षभित्रमा घटाउनुपर्नेछ ।

अब एउटा व्यक्ति वा संस्थाले एउटा संस्थाबाट बढीमा ४ करोड रुपैयाँ र समग्रमा १२ करोड रुपैयाँसम्म मात्रै सेयर धितोमा कर्जा लिन पाउँछन् । र सेयर धितोमा अब एक वर्ष अवधीका लागि मात्रै कर्जा पाइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्