Shikhar Insurance

८० हजारलाई १० कित्ता पर्ने तेह्रथुम पावरको आईपीओ आजदेखि

सिंहदरबार संवाददाता
२०७८ भाद्र ९, बुधबार ०९:२६
NIMB
Nabil Bank

काठमाडौं । ८० हजार जना आवेदकलाई १०।१० कित्ता पर्ने तेह्रथुप पावर कम्पनीको आईपीओमा आवेदन खुलेको छ । आईपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ । तेह्रथुम पावरले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरिसकेको छ ।
कुल निष्काशन मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक

Citizen Life
Kumar Bank
Nepal Life

लगानी कोषलाई छुट्याईएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता शेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपि आईआर डबल बी’ रेटिङ्ग प्रदान गरेको छ । २८ करोड चुक्ता पुँजी रहेको कम्पनीको पुँजी आईपीओ निष्काशनपछि ४० करोड रुपैयाँ पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्