Shikhar Insurance

सेयर बजारको ओरालो चाल, कारोबार रकमको पनि बेहाल

सिंहदरबार संवाददाता
२०७८ भाद्र ९, बुधबार १६:०८
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारले घट्ने लयको संकेत गर्दा बुधबार कारोबार रकममा पनि भारी गिावट आएको छ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा पुगेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ भने सबै समूहगत उपसूचक ओरालो लागेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कारोबारमा आएका १ सय ६२ कम्पनीको सेयर मूल्य घट्दा नेप्सेमा भारी गिरावट आएका हो । बुधबार २१ कम्पनीको मात्र सेयर मूल्य बढे जसमध्ये जीवन विकास लघुवित्त र आईसीएफसी फाइनान्सको सेयर मुल्यमा भने सर्किट लाग्यो ।

नेप्से घटेको दिन बजारमा १२ अर्ब रुपैयाँको सेयर किनबेच भए । हिजोमात्र नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्न परिपत्र जारी गरेको छ जसलाई ठूला लगानीकर्ताको विरूद्धमा व्याख्या गरिएको छ । यस्तै विद्युत नियमन आयोगको चेतावनी पनि बजार घटाउन काम लागेको छ । मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा १२ करोड कायम गरिएको छ ।

२ सय २७ स्क्रिप्टका १ करोड ९५ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको दिन १ लाख १८ हजार पटक सेयर किनबेच भए ।
बुधबार कारोबार रकममा आधारमा अरुण काबेली हाइड्रो पहिलो नम्बरमा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्