Shikhar Insurance

ग्लोबलले ल्यायो अटोलोनको नयाँ स्किम, इलेक्ट्रिकमा थोरै ब्याज

सिंहदरबार संवाददाता
२०७८ भाद्र १०, बिहीबार ०९:२७
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले अटो लोनमा नयाँ स्किम ल्याएको छ । बैंकले इलेक्ट्रिक र फ्युल इञ्जिनका सवारी साधन खरिदमा नयाँ सस्तो ब्याजको स्किम ल्याएको हो ।

बैंकले दशै तिहार लगायतका चाडपर्व लक्षित ‘‘अटो एक्स्प्रेस ड्राइभ उत्सव योजना’ मार्फत नयाँ स्किम ल्याएको हो । जसमा प्रिमियम सहित ७ दशमलव २९ प्रतिशत ब्याजदर तिरेर विद्युतीय सवारी कर्जा पाइन्छ । त्यस्तो कर्जा पाइने हो वा नपाइने भन्ने निर्णय समेत बैंकले आवेदन दिएका दुई दिन भित्रै टुंगो लगाईदिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले प्रिमियम जोडेर ८.१९ प्रतिशत ब्याजदरमा फ्युल इञ्जिनका सवारी सधान खरिद गर्न ७ वर्षे अवधीको ऋण पनि दिन्छ । बैंकले ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकले हाल ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा योजना सञ्चालन गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्