Shikhar Insurance

‘नो हर्न’ पालनामा ट्राफिकलाई नाडाले सघाउने

सिंहदरबार संवाददाता
२०७८ भाद्र १०, बिहीबार १२:४६
NIMB
Nabil Bank

काठमाडौं । नाडाले ट्राफिक प्रहरीलाई ट्राफिक जन चेतनामूलक कार्यक्रम लगायत सवारी नियमहरुको पालना तथा नो हर्न कार्यक्रमलाई सघाउने भएको छ । नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी महाशाखाले अगाडि बढाइरहेको कार्यक्रममा सघाउने प्रतिबद्धता जनाएको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ६ सदसिय प्रतिनिधि मण्डलले भट्टराईसँग भेट गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नाडाले विगत देढ दशक अघि देखि महानगरिय महाशाखालाई भौतिक रुपमा समेत सहयोग पुर्‍याउँदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्