Shikhar Insurance

तालिबानले अफिमबाट कति र कसरी कमाउँछन् ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र १०, बिहीबार १३:५१
NIMB
Nabil Bank

एजेन्सी । तालिबानको दाबी छ कि उसले अफगानिस्तानमा आफ्नो पछिल्लो शासन अवधिमा अफिमको खेती पूर्ण रुपमा बन्देज लगाएको थियो । यसकारण अवैध लागुपदार्थको कारोबार रोकिएको तालिबानले बताएको छ ।

तर, सन् २००१ मा अफगानिस्तानमा अफिम उत्पादनमा गिरावट आएको थियो । दुई दशकपछि अहिले तालिबान नियन्त्रित क्षेत्रमा अफिम उत्पादन बढेको पाइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

अफगानिस्तानमा कति अफिम छ ?

अफिम प्रशोधन गरेर अत्याधिक लत बसाउने लागुपदार्थ हिरोइन तयार हुन्छ । युनाइटेड नेसन्स अफिस अन ड्रग्स एन्ड क्राइमका अनुसार अफिमको सबैभन्दा ठूलो उत्पादक देश अफगानिस्तान हो । संसारभर उत्पादन हुनेमध्ये ८० प्रतिशत अफिम अफगानिस्तान फल्छ ।

सन् २०१८ मा यूएनओडीसीले गरेको आन्कलन अनुसार अफगानिस्तानको अर्थमा ११ प्रतिशत हिस्सा अफिम उत्पादनको छ ।

 

अफिमबारे तालिबान के भन्छ ?

अफगानिस्तानमाथि नियन्त्रण हासिल गरेपछि तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले भनेका छन्, “जब हाम्रो सरकार थियो लागुपदार्थको उत्पादन हुँदैन थियो । हामी अफिम उत्पादन फेरि शून्य बनाउने छौं । त्यसपछि तस्करी हुने छैन ।”

 

तालिबानको रेकर्ड के छ ?

अमेरिकी विदेश मन्त्रालयका अनुसार तालिबानको शासन अवधिमा अफिम खेती बढेको हो । सन् १९९८ मा ४१ हजार हेक्टरमा अफिम खेती भएकामा सन् २००० मा बढेर ६४ हजार पुगेको थियो । हेलमन्द प्रान्तमात्रै संसारभरको ३९ प्रतिशत अफिम उत्पादक अफगानिस्ती प्रान्त हो । हेलमन्दको अधिकांश स्थान तालिबानको नियन्त्रणमा थियो ।

तर, २००० जुलाइमा तालिबानले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा अफिम खेती बन्देज लगाएको थियो ।

सन् २००१ मेमा प्रकाशित संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमै तालिबान नियन्त्रित क्षेत्रमा अफिम उत्पादनमा लागेको बन्देज सफलता भएको बताइएको थियो ।

तालिबानको बन्दजे अवधि अर्थात् सन् २००१ – सन् २००२ मा अन्तर्राष्ट्रिय स्तरमा अफिम तथा हिरोइनसहित पक्राउ पर्नेको संख्या निकै कम भएको थियो । तर, त्यसपछि स्थितिमा निकै ठूलो उथलपुथल भएको छ ।

बीबीसी हिन्दीले लेखेको छ, “पछिल्लो समय अफगानी सरकारले नियन्त्रित अफिम खेती गरेकाले यो स्पष्ट छ कि अधिकांश अफिम तालिबान नियन्त्रित क्षेत्रमा उत्पादन भएको हो ।”

उदाहरणको लागि, हेलमन्द दक्षिण अफगानि प्रान्त हो जसको अधिकांश जमीनमा सन् २०२० मा अफिम खेती भएको देखिन्छ । सो क्षेत्र तालिबानको नियन्त्रणमा थियो ।

 

अफिमबाट तालिबानको आम्दानी कति ?

अफगानिस्तानमा अफिम खेती रोजगारीको सबैभन्दा ठूलो क्षेत्र हो । यूएनओडीसीको अफगानिस्तान अफिम सर्वेक्षणका अनुसार करिब १ लाख २० हजार अफगानी यसमा निर्भर छन् ।

अमेरिकी विदेश विभागका अनुसार तालिबानले अफिममा कर लगाएर तथा अवैध प्रशोधन तथा तस्करीबाट कमाउन सक्छ ।

अनुमान अनुसार यो लागुपदार्थको कारोबारमाट तालिबान वार्षिक कम्तिमा १ सय देखि ४ सय मिलियन अमेरिकी डलर कमाउन सक्छन् ।

 

यो लागुपदार्थको प्रयोग कहाँ हुन्छ ?

अफगानिस्तानको अफिमबाट जति हिरोइन बनाइन्छ, त्यसको ९५ प्रतिशत खपत युरोपमा हुन्छ । अमेरिकी ड्रग इन्फोर्समेन्ट एजेन्सीका अनुसार अमेरिकामा हिरोइन आपूर्तिको १ प्रतिशतमा हिस्सा अफगानिस्तानबाट आउँछ । अमेरिकामा अधिकांश हिरोइन मेक्सिबाट तस्करी हुने गर्छ ।

सन् २०१७ देखि २०२० बीच ९० प्रतिशतभन्दा बढी नशा दिने पदार्थ सडक मार्गबाट तस्करी हुने गरेको छ । अहिले हिन्द महासागर र यूरोपको बीच समुद्री मार्गमा बढी लागुपदार्थ जफत भइरहेको छ ।

अफगानिस्तानमा २ दशकको अफिम खेती, उत्पादन तथा जफत दर हेर्दा ग्राफ उकालो मात्र लागेको देख्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्