Shikhar Insurance

टुहुरेको निधनले स्तब्ध बनायोः अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०७८ भाद्र १०, बिहीबार १४:०४
NIMB
Nabil Bank

काठमाडौं । नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले वरिष्ठ प्रगतिशील गायक तथा संविधानसभा सदस्य जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

अध्यक्ष नेपालले जनताको गीत गाउने गायकका रुपमा नेपाली समाजमा स्थापित जेबी टुहुरेले निरंकुशताबिरुद्ध जनता जगाउन सांगितिक एवम् राजनीतिक क्षेत्रमा अतुलनीय योगदान गरेको बताएका छन् । टुहुरेको ७८ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

टुहुरेप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष नेपालले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्