Shikhar Insurance

वर्षदिन मै घ्युतेलको मुल्य औसत १७.५ प्रतिशतले बढ्यो, मुद्रास्फीति भने ३.६० प्रतिशत

सिंहदरबार संवाददाता
२०७८ भाद्र १०, बिहीबार १६:२९
NIMB
Nabil Bank

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तिजन्य पदार्थ र यातायात उपसमूहको वार्षिक औसत मुल्यवृद्धि क्रमशः १७.५४ प्रतिशत, १०.६५ प्रतिशत ९.८३ प्रतिशत र ६.४१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने ३.६० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.१५ प्रतिशत रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

२०७८ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । २०७७ असारमा यस्तो मुद्रास्फीति ४.७८ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ मुद्रास्फीति आर्थि वर्ष २०७७/७८ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५.०० प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ८.१६ प्रतिशत रहेको थियो ।

गैर–खाद्य तथा सेवा मुद्रास्फीति

आर्थिक वर्ष २०७७/७८ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति २.५१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ४.६१ प्रतिशत रहेको थियो ।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति

आर्थिक वर्ष २०७७/७८ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ३.३३ प्रतिशत, तराईमा ३.६८ प्रतिशत, पहाडमा ३.८७ प्रतिशत र हिमालमा २.८७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति क्रमशः ६.९६ प्रतिशत, ६.२९ प्रतिशत, ५.१० प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो ।

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति

२०७८ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.१९ प्रतिशत र सन्२०२१ को जुलाईमा भारतमा ५.५९ प्रतिशत रहेको छ ।

थोक मुद्रास्फीति

आर्थिक वर्ष २०७७/७८ मा वार्षिक औसत थोक मुद्रास्फीति ७.६१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो । २०७८ असारमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्