Shikhar Insurance

टाटाका गाडी किन्न नेपाल एसबिआई बैंकले ऋण दिने

सिंहदरबार संवाददाता
२०७८ भाद्र १०, बिहीबार २१:४८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबिच सिप्रदी ट्रेडिङका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडिङ प्रालीका बिक्री तथा प्रबद्र्धन महाप्रबन्धक अनुप मनि ढकालले हस्ताक्षर गरे । कार्यक्रममा बैंकका प्रमूख कर्जा अधिकृत विनोद कुमार ढुंगेलका साथै सिप्रदीका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस बैंकले ८८ शाखा, १९ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १२२ एपिटएमबाट सेवा प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्