‘४ करोड सेयर धितोको कर्जा ‘कमलेश जीहरु’ लाई मात्र थोरै हुन्छ, अरु कसले ४ करोड लिन्छ र ?’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ४ करोड रुपैयाँ कसरी थोरै भयो भनि प्रश्न गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा गभर्नर अधिकारीले १५ लाख रुपैयाँ कर्जा पाउन त ठूलै कसरत गर्नुपर्ने दिनमा ४ करोड रुपैयाँ थोरै भयो भन्दै हिँड्ने प्रवृत्तिले आफू अचम्मित भएको बताए । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन लेन्डिङ)मा क्याप लगाउँदै एक व्यक्ति वा संस्थाले एउटा वित्तीय संस्थाबाट ४ करोड र सबैबाट अधिकतम १२ करोडमा कर्जा लिन पाउने व्यवस्था गरेको छ । यस्तोमा ४ करोड ‘थोरै’ भयो भन्ने किसिमका टिप्पणी गरिएको छ । गभर्नरले प्रश्न गरे, “तपाईंहरुमध्ये कसैले ४ करोड रुपैयाँ लोन लिनु भएको छ ? छैन । अनि, किन सानो भयो ? कसलाई सानो लाग्यो ? करोड भनेको सानो हो ? तपाईं १५ लाख रुपैयाँ लोन लिन जानुस्, सजिलै पाउनुहुन्छ ? कति कागज चाहिन्छ ? कति फर्मालिटी पुरा गर्नुपर्छ ?” आयात गरेर चलाउने अर्थतन्त्रको वित्तीय संस्थाको स्रोत सिमित व्यक्तिको हातमा जिम्मा दिने हो भने आफूले पनि अर्थतन्त्रलाई थप कमजोर बनाउन सहयोग गरेको ठहर्ने भन्दै यस्तो प्रकृतिको कर्जामा कडाइ गरेको गभर्नर अधिकारीले बताए । “यो सुधारको अर्को प्रक्रिया हो,” अधिकारीले भने, “यस्ता रिफर्मलाई तपाईंहरुले सहयोग गर्नुपर्छ ।” बैंकहरुलाई सेयर धितोमा राखेर कर्जा दिन दबाब परिसकेको बताउँदै उनले भने, … Continue reading ‘४ करोड सेयर धितोको कर्जा ‘कमलेश जीहरु’ लाई मात्र थोरै हुन्छ, अरु कसले ४ करोड लिन्छ र ?’