Shikhar Insurance

प्रदेश १ र बागमतिमा मुख्यमन्त्री बन्दै दुई राजेन्द्र

सिंहदरबार संवाददाता
२०७८ भाद्र १२, शनिबार १४:२३
NIMB
Nabil Bank

काठमाडौं । दोश्रो पुस्ताका नेताहरुले साथ छाडेपछि माधव नेपालको दुई प्रदेशमा माधव नेपालका सारथि राजेन्द्रद्धय छाउँदैछन् । प्रदेश १ मा भिम आचार्यले कित्ता बदलेपछि राजेन्द्र राईको भाग्योदय हुँदैछ ।

शेरधन राईको जोडबलमा मुख्यमन्त्री बनेका आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ र त्यहिँबाट उनको बहिर्गमन सुनिश्चित हुुनेछ । त्यसपछि प्रदेश १ को मुख्यमन्त्री बन्नेछन् माधव नेपालका सारथि राजेन्द्र कुमार राई । उनी आचार्यलाई विस्थापन गरि मुख्यमन्त्री बन्नका लागि प्रदेश १ को मुकाम पुगिसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यता, बागमति प्रदेशमा पनि माधव नेपाललाई छाडेर ओली क्याम्प रोजेकी अष्टलक्ष्मी शाक्यले पनि एक महिना नपुग्दै सत्ता गुमाउँदैछिन् । शाक्यको ठाउँमा धादिङका राजेन्द्र पाण्डेको भाग्योदय हुँदैछ ।

बागमतिमा पाण्डे र प्रदेश १ मा राईलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनमा समझदारी बनिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्