Shikhar Insurance

८० हजारले पाउने तेह्रथुमको आईपीओ भर्ने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७८ भाद्र १३, आईतवार ०९:२३
NIMB
Nabil Bank

८० हजार जना आवेदकले १०/१० कित्ता पाउने तेह्रथुम पावर कम्पनीको आईपीमा आवेदन दिने आज अन्तिम हो । तेह्रथुम पावरले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशन गरेको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरिसकेको छ । कुल निष्काशन मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता शेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपि आईआर डबल बी’ रेटिङ्ग प्रदान गरेको छ । २८ करोड चुक्ता पुँजी रहेको कम्पनीको पुँजी आईपीओ निष्काशनपछि ४० करोड रुपैयाँ पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्