Shikhar Insurance

संसदीय दलको नेता बन्दै माधव नेपाल, मन्त्रीहरुको टुंगो पनि आजै

सिंहदरबार संवाददाता
२०७८ भाद्र १३, आईतवार ०९:४१
NIMB
Nabil Bank

काठमाडौं । नव गठित नेकपा(एकिकृत समाजवादी)ले आज संसदीय दलको नेता छान्दैछ । समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकले संसदीय दलको नेता छान्न लागेको हो ।

पार्टी अध्यक्ष नेपाललाई नै संसदीय दलको नेता छान्ने र आजै सरकारमा सहभागी हुने मन्त्रीहरुको समेत टुंगो लाग्ने बताईएको छ । समाजवादी पार्टीले ६ मन्त्रालय र उप सभामुख पद पाउँदैछ ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री बन्नका लागि बिरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ, प्रेम आले, किसान श्रेष्ठ, मेटमणी चौधरी, राम कुमारी झाक्री लगायतको नाम अघि सारिएको छ । यीनै नामहरुमध्येबाट सरकारमा सहभागीहरुको टुंगो लाग्ने बताइन्छ ।

समाजवादीमा ३० जना संघीय सांसद रहेका छन् । अन्य चार जनाको निर्वाचन आयोगले सनाखत रोकेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्