Shikhar Insurance

आईसीएफसी फाइनान्सका ग्राहकलाई नेपाल एसबीआईले गैरकोषमा आधारित बैंकिङ सुविधा दिने

सिंहदरबार संवाददाता
२०७८ भाद्र १३, आईतवार १८:४७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एसबिआई बैंकले आईसएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत आईसीएफसी फाइनान्सका ग्राहकले नेपाल एसबीआई बैंकमार्फत् लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।

नेपाल एसबीआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आईसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठबीच उक्त सम्झौता आदानप्रदान भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्