Shikhar Insurance

नाडा–परिसंघ भेटः कसले के भने ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र १३, आईतवार १९:१४
NIMB
Nabil Bank

काठमाडौं । नाडा अटोमोबोइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधिमण्डलले नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवालसँग भेटवार्ता गरेको छ । अग्रवाललाई आफ्नो कार्यकालको सफलताको शुभकामना दिँदै द्विपक्षीय सम्बन्ध विस्तारका सम्बन्धमा विस्तृत छलफल गरेको गरेकोे नाडाले जनाएको छ ।

भेटमा नाडाका अध्यक्ष दुलालले दुई संस्थाबीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको निजीक्षेत्रको सवालमा ऐकेवद्ध भएर अघि बढने र अन्य सम्भाव्यक्षेत्रहरुमा समेत सहकार्य गरेर अघि बढ्नु पर्ने बताए । सो छलफलमा अध्यक्ष दुलालले नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरीय एशोसिएशनहरु स्थापना भईसकेको र नेपालमा अटोमोवाइल उद्योगहरु समेत खोल्न शुरुवात समेत भइसकेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

भेटमा उपाध्यक्ष करण चौधरीले नाडामा धेरै रुपान्तरण भइसकेको र त्यही अनुसार सदस्य संख्यामा पनि उल्लेख्य रुपमा वृद्धि भएको भन्दै निजीक्षेत्रको सवालमा नेपाल उद्योग परिसंघसँग सहकार्य गरेर अघि बढन चाहेको बताए । सो भेटघाट तथा छलफलमा महासचिव सुनिल रिजालले नीजिक्षेत्रका साझा सवालहरुमा सहकार्य गरेर अघि बढने बताए । छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले दुई संस्थाविच पारस्परिक सहयोगको वातावरण बनाउनु पर्ने धारणा राखे । केन्द्रिय कार्य समिति सदस्य तथा विद्युतिय सवारी साधन समितिका सभापति ध्रुव थापाले परिसंघसँग हातेमालो गरेर अघि बढनु पर्ने धारणा राख्दै विद्युतिय सवारी साधनको व्यवसायमा देखा परेका विविध समस्याहरु बारे पनि विचार विमर्श गरे ।

सो छलफलमा परिसंघका अध्यक्ष विष्णृुकुमार अग्रवालले ७ सदसिय नाडा प्रतिनिधिमण्डललाई आफनो कार्यकक्षमा स्वागत गर्दे नाडासँग पहिलो भेटघाट भएको बताए । सो भेटघाटमा उनले पेट्रोलियम पदार्थको प्रयोग पनि अधिकाश रुपमा अटोमोबाइलमा नै प्रयोग हुने सन्दर्भमा नेपालमा अटोमोबाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको बताए ।

उनले नेपाल उद्योग परिसंघले नेपालमा उद्योग व्यवसायको विस्तारको लागि पहल गरिरहेको र यसबाट पुँजी निर्माणमा ठूलो सहयोग पुग्ने बताउँदै उद्योग स्थापनाका लागि सरकारकातर्फबाट गरिनु पर्ने सहयोगका सम्बन्धमा समेत चर्चा गरे ।

सो छलफलमा परिसंघका उपाध्यक्ष हेमराज ढकालले स्वदेशी उद्योगहरुको विस्तारका लागि कसरी अघि बढने भन्ने विषयमा पहल भईरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्