Shikhar Insurance

‘सेयर बजार जुवाघर होइन, जिविका हो’ भन्दै राष्ट्र बैंक घेर्न यसरी पुगे लगानीकर्ता

सिंहदरबार संवाददाता
२०७८ भाद्र २१, सोमबार १२:३३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सेयर बजारका लगानीकर्ताहरुले मोटर साइकल र्‍याली निकालेका छन् । पुतलीसडकस्थित शंकरदेव क्याम्पसबाट निकालिएको र्यालीमा करिब १५० भन्दा बढी लगानीकर्ताहरुको सहभागीता छ ।

उनीहरुले ‘गभर्नर राजीनामा दे’, ‘४ करोड र १२ करोडको सिमा सम्बन्धी व्यवस्था तत्काल खारेज गर’, ‘सेयर बजार जुवाघर होइन, जिविका हो’ भन्दै नाराबाजी गरेका छन् । लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंक अगाडी पुगेर कोण सभा गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्