Shikhar Insurance

डेडिकेटेड/ट्रंकलाइन विवाद : ‘खाँदै नखाएको विष लाग्यो, पौने २ अर्ब तिर्दा कम्पनी बन्दै हुन्छ’

सिंहदरबार संवाददाता
२०७८ भाद्र २२, मंगलवार १५:०९
NIMB
Nabil Bank

काठमाडौं । उद्योगी पवन गोल्यानले डेडिकेटड र ट्रंकलाइनको नाममा आएको वक्यौता रकम तिर्न नसक्ने बताएका छन् । नेपाल धागो उत्पादक संघको अध्यक्षसमेत रहेका गोल्यानले आफूहरूले जति बिल आएको तिरेको, बाँकी नराखेको भन्दै वक्यौता रकमको दायित्व आफूहरूले नतिर्ने र तिर्न पनि नसक्ने बताए ।

उनको उद्योग रिलायन्स स्पिनिङ मिल्सको नाममा नेपाल विद्युत प्राधिकरणले १ अर्ब ७० करोड रूपैयाँको बिल पठाएको छ । गोल्यानले सो रकम तिर्न नसक्ने बताउँदै तिरे कम्पनी नै बन्द हुने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, “मलाई उद्योगमा रहेका ५ हजार कर्मचारीको चिन्ताले रातमा निद्रा पनि लाग्दैन ।” गोल्यानले भारतलाई २ रूपैयाँमा बिजुली बेच्न तयार सरकारले आफूहरूबाट १० रूपैयाँ लिएको गुनासो पनि गरे ।

व्यवसायीलाई नखाएको विष लागेको बताउँदै उनले नेपाल औद्योगिक अराजकतातर्फ उन्मुख भएको शंका गरे । “हाम्रो टाउकोमा तरबार राखेर राज्यले औद्योगिक वातावरण कता लान खोज्दैछ ?” गोल्यानको प्रश्न छ । यस्तै समस्याले आफूहरूले उत्पादन बढाउन नपाएको गुनासो उनले गरे ।

यस्तो छ, धागो उत्पादक संघको विज्ञप्तिः

No description available.

No description available.

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्