Shikhar Insurance

सेयर बजारमा आत्तिनेको काम छैन, धैर्यवानले गुमाउँदैन : ब्रोकर एसोसिएसनका महासचिव

गुणानिधि भुसाल
२०७८ भाद्र २५, शुक्रबार ०९:५२
NIMB
Nabil Bank

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका महासचिव हुन्, गुणानिधि भुसाल । ५७ नं. ब्रोकर (आर्यतारा सेक्युरिटिज)का प्रबन्ध निर्देशक रहेका भुसाल प्रष्ट र लजिकल वक्ता हुन् ।

भुसालले सेयर बजार, बजारको फन्डामेन्टल, पोलिसीलाई नजीकबाट नियालेका छन् । दैनिक २० अर्ब रूपैयाँ कारोबार हुन थालेपछि उठेको ब्रोकर कमिसन, बैंकलाई ब्रोकर लाइसेन्स, अर्को स्टक एक्सचेन्जको आवश्यकता विषयमा सिंहदरबारले भुसालसँग तार्किक छलफल गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रस्तुत छ, उनै भुसालसँग सिंहदरबारले गरेको कुराकानीको सारः

 

– सेयरको मूल्य र बजार बढाउने वा घटाउनेमा ब्रोकरको भुमिका हुँदैन ।

– ठूला क्लाइन्टसँग मिलेर ब्रोकरले बजारमा हिट गर्छन् भन्नु सरासर गलत हो । अनलाइनको जमानामा ठूला लगानीकर्ताले बजारलाई तलमाथि गर्न सक्दैनन् । किनकी कुनै कम्पनी बढ्छ भनेर हल्ला गर्दा आजको दिनमा कसले पत्याउँछ?

– सेयर बजारबाट अति कमायो अरुले हिसाब राख्दा रहेछन् । कति गुमायो भन्ने हिसाब आफैं राख्नुपर्छ ।

– नेपालको सेयर बजारमा धेरैजसो नेपाल राष्ट्र बैंकको नीतिले घटबढ हुने गर्छ ।

– हाम्रो बजार रिटर्नमा आधारित भन्दा पोलिसीमा आधारित बजार हो ।

– हाम्रो पुँजीबजारमा वित्त क्षेत्र बढी हाबी छ । नेपालको पुँजीबजारलाई अर्थतन्त्रको सच्चा इन्डिकेटर भन्ने कन्जुस्याइँ गरिनुको कारण यो पनि हो ।

– कुनै कम्पनीको फन्डामेन्टल नराम्रो हुँदाहुँदै पनि मूल्य बढेको पाइन्छ । जसको कारण माग र आपूर्तिसँगै भविष्यको सम्भावित प्रतिफल पनि हो ।

– हाम्रो बजार नगद प्रतिफलको बजार होइन, राइट/बोनसको हो ।

– दोस्रो बजारमा बैंकको सेयर मुल्य कम हुनुको कारण प्रतिफल नै हो । १० प्रतिशतमात्र प्रतिफलका लागि वर्षभर लगानी कुन लगानीकर्ताले गर्छ?

– यत्तिको रिटर्न हेर्दा बैंक अझै बढ्छ भन्ने कुनै आधार छैन ।

– बैंक बढ्ला तर कति बढ्ने हो बजारलाई नै छाडिदिनुपर्छ ।

– प्रकृतिको नियम हो, घटेपछि बढ्छ र बढेपछि घट्छ । पहिल्लो समय अलि बढी हल्ला भएको हो ।

– राष्ट्र बैंकको जग्गालाई प्रभाव पार्ने नीति फ्लक्चुयट हुँदैन । सेयर बजारलाई प्रभाव पार्ने नीति चाहीँ किन फ्लक्चुयट हुने?

– पोलिसी बनाउने र कार्यान्वयन पर्ने संस्थाका कर्मचारी र नेतृत्व पेशागत मर्यादामा रहनुपर्छ । तर, उनीहरुले नियुक्तिदेखि नै पेशागत मर्यादामाथि प्रश्न उठ्छ ।

– नेपालमा आफ्नो जिम्मेवारीबोध गर्ने परम्परा नै छैन ।

– २६ वर्षमा आजसम्म ब्रोकरले एकजनाको पैसा खाइदिएको रेकर्ड छैन । १ जनाको पनि सेटलमेन्ट नगरेको इतिहास छैन ।

– सेयर कारोबारी सेयर बेचेपछि अर्को सेयर किन्ने कि पैसा लैजाने भन्ने तय गर्दैनन्, जानकारी दिँदैनन । अनि हामीले कसरी फिर्ता गर्नु?

– यदी कुनै ब्रोकरले पैसा दिएनन् भने उजुरी गर्ने ठाउँ छन् । उजरी गर्नुहोस् ।

– अनलाइन कारोबार सुरु भएपछि विगत डेढ वर्ष निकै दुःख पाइयो । अहिले सहज भएको छ ।

– नियामक निकायबाट स्वीकृति नपाएसम्म हामी आफ्नो क्षमता विस्तार गर्न पाउँदैनौं । जुन दिन नेप्सेले एपीआई पोलिसी पास गर्छ, त्यो दिन देखि हामी आफ्नो संयन्त्रमा काम गर्न सक्छौं ।

– सबैभन्दा क्रिम र क्षमतावान मान्छेलाई ब्रोकर लाइसेन्स दिइएको हो । तिनैलाई अहिले राम्रो सेवा दिने क्षमता छैन भन्ने?

– उसै पनि पेशागत आचरण राम्रो भएको ठाउँ छ, बैंकलाई ब्रोकर लाइसेन्स दिएर लगानीकर्ताको इन्फर्ममेसन ट्रड गर्छन् भन्ने डर लाग्छ ।

– बैंकलाई लाइसेन्स दिने योजनाबाट हामी डराएकै छैनौं ।

– नियामकबाट हौसिने र अनुसन्धानमा आधारित निर्णय नगर्दा व्यवस्था बिग्रिन्छ । दैनिक २१ अर्ब रुपयाँको सेयर कारोबार हुने बेला बैंकलाई लाइसेन्स दिने कुरा गरियो । आज घटेर ७ अर्बमा झरिसक्यो । भोलि ५० करोडमा खुम्चिएला अनि थप लाइसेन्स किन चाहियो?

– १ हजार हाल्दा ५० हजार रुपैयाँ कमाउन सकिएकाले सेयर बजारमा आकर्षण बढेको हो । तर, अध्ययनशील र जोखिम बहन गर्न सक्ने मान्छे पुँजीबजारमा आएनन् ।

– जब परिसूचक उच्च बिन्दुमा हुन्छ तब सेयर खरिद गर्छन् । घट्ने बेला त मान्छे ब्रोकरको नामै सुन्न चाहँदैनन् ।

– बजारमा ३ किसिमको लगानीकर्ता हुन्छन् । पहिलो बल सुरु हुने र सकिँदा निस्कने । उसलाई कुनै जोखिम हुँदैन । दोस्रो, परिसूचक उच्च बिन्दुमा भएका बेला प्रवेश गर्ने र अलिकति घट्नेवित्तिकै घट्दा भाग्ने । उसले गुमाउँछ मात्रै । तेस्रो, पिकमा पुगेका बेला प्रवेश गरेर धैर्यधारण गर्ने । बियर र बुलको २ साइकल पर्खने मान्छेले सेयर बजारबाट नसोचेको कमाउँछ ।

– मैले वर्षौंको अनुभव भएर पनि पिकमा बजार प्रवेश गर्ने र घाटामात्र बेहोरेको मान्छे देखेको छु । सेयर बजारबारे कसले नै पो अनुमान लगाउन सक्छ र!

– मार्जिन ट्रेडिङको व्यवस्था अव्यवहारिक भयो । थप सुदृढ बनाएर कार्यान्वयन गर्न नियामक निकायकहाँ सुझाव पठाएका छौं ।

– ब्रोकरको अरु आम्दानीको स्रो उजागर नगरेसम्म कमिसन घटाइनु हुन्न । ब्रोकरलाई थप सेवा प्रवाहको अवसर दिनुपर्छ अनि मात्र ब्रोकर कमिसन घटाइदिनुपर्छ । नत्र, पपुलर डिसिजन गर्ने सुरमा यो उद्योग कोल्याप्स हुन्छ ।

– अहिले उधारोमा सेयर किन्ने प्रचलन छ । नगदमा किन्ने व्यवस्था गर्नुस्, कमिसन हटाउँदा पनि फरक पर्दैन । हामी अन्य शुल्क लिएर कम्पनी चलाउछौं ।

– हाम्रो अर्थतन्त्रले २ वटा सेयर बजार धान्छ जस्तो मलाई लाग्दैन ।

– सेयर बजारमा आत्तिनेको काम छैन । धैर्यवानले कहिल्यै गुमाउँदैन ।

– २ सयबाट बढेर १८ सयमा पुगेको नेप्से ओर्लेर पुरानै बिन्दुमा आइपुगेन । त्यसरी नै ११ सयबाट ३२ सय पुगेको परिसूच फर्केर ११ मा आउन सम्भव नै छैन ।

 

(भुसालसँगको पुरा कुराकानी सिंहदरबारको युट्युब च्यानलमा हेर्न सकिन्छ ।)

GBIME

प्रतिक्रिया दिनुहोस्