Shikhar Insurance

अमेरिकामा कोरोना नियन्त्रण गर्न नसक्ने सरकारी अधिकारीको भनाइ

सिंहदरबार संवाददाता
२०७८ भाद्र २६, शनिबार १७:३९
NIMB
Nabil Bank

एजेन्सी । अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फुचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ । सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण उन्मुख हुन सक्ने उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

“हामी अहिले पनि महामारीकै अवस्थामा छौँ, अहिले पनि एक दिनमा एक लाख ६० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन्,” फुचीले भने । अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रणको अवस्था पनि अहिले सन्तोषजनक नरहेको उनको बुझाइ छ ।

दैनिक सङ्क्रमितहरूको सङ्ख्या दश हजारभन्दा कम भएपछि मात्रै नियन्त्रण उन्मुख रहेको मान्न सकिने वरिष्ठ चिकित्सक फुचीले बताए । सेप्टेम्बर ८ सम्ममा अमेरिकामा चार करोड पाँच लाख २३ हजार ९५४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म झण्डै छ लाख ७७ हजारको मृत्यु भइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्