Shikhar Insurance

ज्योति लाइफका कर्मचारीद्धारा ‘अभिकर्ता बनाईदिन्छु’ भन्दै अभद्र व्यवहार

सिंहदरबार संवाददाता
२०७८ भाद्र २७, आईतवार ०९:३४
NIMB
Nabil Bank

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी अभद्र व्यवहार आरोपमा फसेका छन् । कम्पनीको नेपालगञ्ज शाखाका एरिया सेल्स मेनेजर मोहन कुमार माझीमाथि अभद्र व्यवहार गरेको आरोप लागेको हो ।

माझीले २०७७ साल असार २१ गते राति ८ बजे कोहलपुरकी ३९ वर्षिय महिलालाई अभद्र व्यवहार गरेका हुन् । बस कुरिरहेकी ति महिलालाई माझीले घर छाडिदिन्छु भनेर आफ्नो गाडीमा चढाएका थिए तर घर नलगेर बानियाँभार जंगल लगेर गाडीभित्रै बलात्कार प्रयास गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

करिब एक घण्टाको प्रतिकारपछि ति महिला उम्किन सफल भइन । भोली पल्टै ज्योति लाइफको शाखा तथा प्रहरीमा उजुरी गरेको भए पनि प्रहरीले भने माझी विरुद्ध बलात्कार प्रयास नभएर अभद्र व्यवहारको मुद्धा चलाएको छ । अभद्र व्यवहारको मुद्धामा माझीलाई पक्राउ गरिएको थियो तर प्रहरीको वेवास्थाका कारण उनी ५ हजार धरौटीमा रिहा भएका थिए ।

अभिकर्ताको लाइसेन्सका लागि कागजपत्र लिन बोलाएका माझीले बलात्कारको प्रयास गरेका हुन् । उनलाई हालसम्म कम्पनीले कुनै कारवाही गरेको छैन् । पीडीतका तर्फबाट कानुनी सहयोग गरिरहेका अधिवक्ता बसन्त गौतमले अभद्र व्यवहार मुद्धामा समेत प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको आरोप लगाए । इप्रका कोहलपुरका प्रमुख डीएसपी रबिन्द्र खनालले उक्त मुद्धा आफ्नो पालाको नरहेको भन्दै अभद्र व्यवहार मुद्धामा पनि सजाय हुन सक्ने जनाए । कान्तिपुर दैनिकबाट

GBIME

प्रतिक्रिया दिनुहोस्