Shikhar Insurance

कोरोना पिडित राज्यबाटै ठगिने संकेत, १–२ अर्ब भए दिइहाल्थ्यौं, ११ अर्ब कहाँबाट ल्याउँ ?– अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७८ भाद्र २७, आईतवार १८:०९
NIMB
Nabil Bank

काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले बाँकी रहेको कोरोना बीमाको दायित्व सरकारले नबेहोर्ने संकेत गरेका छन् । मन्त्री शर्माले बाँकी दावी भुक्तानी सानो रकम नभएको र अर्थ मन्त्रालयलाई स्रोत जुटाउन हम्मेहम्मे हुने बताए ।

आइतबार सञ्चारकर्मीसँगको भेटमा मन्त्री शर्माले भने, “गम्भीर विषय उठाइदिनुभयो । महामारीका बीचमा ल्याइएको हो कार्यक्रम जनभावना अनुसारको थियो । तर, दायित्व बाँकी रह्यो ।” उनले स्रोत नजुटेसम्म आफूले सो रकम दिने/नदिने भन्ने केही नबताउने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले थपे, “१–२ अर्ब भए दिइहाल्थ्यौं । पछिल्लो तथ्यांकअनुसार अर्थको दायित्व ११ अर्ब रूपैयाँ बराबरको छ । त्यत्रो पैसा कहाँबाट जुटाउँ ?”

राज्यको ढुकुटी पैसा भएपनि कोरोना बिमाको दाबी भुक्तानीमा खर्च नमिल्ने संकेत उनले गरे ।

अहिले राज्यको ढुकुटीमा १ खर्ब भन्दा बढी पैसा छ । कोरोना बीमाको दावी भुक्तानी साढे ३ अर्बभन्दा बढी भए बढी दायित्व सरकारले बेहोर्ने सहमति अर्थ मन्त्रालयले दिएको थियो । साढे ३ अर्ब रूपैयाँ बीमा कम्पनीहरू, नेपाल पुनर्बिमा कम्पनी, बीमा समिति मिलेर तिरेका थिए ।

जब दायित्व बढ्दै गयो, अर्थ मन्त्रालय पन्छिँदै गयो र अहिले १ लाखभन्दा बीमित दाबी भुक्तानी पर्खिरहेका छन् । कोरोना लागेर दुःख पाएकाहरू राज्यबाट पनि ठगिने संकेत देखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्