Shikhar Insurance

एसेम्बल प्रोत्साहनले अटो उद्योगको उदय हुन्छः नाडा, ‘बाइकमा भने पुरानै सेग्मेन्ट ठीक’

सिंहदरबार संवाददाता
२०७८ भाद्र २७, आईतवार १८:४४
NIMB
Nabil Bank

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रतिस्थापन विधेयकले नेपालमा अटोमोबाइल उद्योगको मार्गचित्र कोरेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको संशोधित बजेटका कारण नेपालमा अब अटोमोवाइल उद्योगहरुको उदय हुने नाडाले बताएको छ ।

देशको वर्तमान जटिल अवस्थामा पनि २०७८/७९ को प्रतिस्थापन बजेट आउँदा नाडाले ठूलै आशा र विश्वास रखेको नाडाको अध्यक्ष कृष्णप्रसाद दुलालले बताएका छन् । नाडाले झण्डै एक दशक अघि देखि नै आफना बजेट सम्बन्धी सुझावमार्फत नेपालमा सवारी साधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तःशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दे आएकामा मन्त्री शर्माले प्रतिस्थापन बजेटमार्फत माग गरेअनुसारको व्यवस्था गरेको नाडाको दाबी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एसेम्बल गरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२ ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तःशुल्क महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । नाडाले यो व्यवस्थाको स्वागत गर्दे सो निर्णय नेपालमा सवारी साधन एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुङ्गा साबित हुने अपेक्षा समेत राखेको छ ।

तर त्यस्ता सवारी साधन उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससँग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने नाडाको भनाइ छ ।

यता आर्थिक अध्यादेशमार्फत् मोटरसाइकलको सेगमेन्टमा भएको परिवर्तन प्रति नाडाले आपत्ति जनाएको छ । कोरोना अवधिमा मोटरसाइकल जस्ता नीजि सवारी साधन सजिलो भएको बताउँदै नाडाले यसलाई अझै थप प्रोत्साहन गर्नु पर्ने नाडाका ठहर छ । तर, बजेटले मोटरसाइकलको सेगमेण्टमा परिवर्तन गर्दे सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल दुवैमा वृद्धि समेत गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्