Shikhar Insurance

नेकपा(एकीकृत समाजवादी)को गण्डकी अध्यक्ष बने तुल बहादुर गुरुङ

सिंहदरबार संवाददाता
२०७८ भाद्र २८, सोमबार २१:००
NIMB
Nabil Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटी निर्माण गरेको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले तुलबहादुर गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो ।

पूर्व मन्त्री समेत रहेका नेता गुरुङ इमानदार र निष्ठावान नेताका रुपमा चिनिन्छन् । गुरुङ अनेरास्ववियुको दुई कार्यकाल केन्द्रीय अध्यक्ष भइसकेका पुराना नेता हुन्, उनको नेतृत्वमा समाजवादीले गण्डकी प्रदेशमा गतिशिल संगठन निर्माण गर्ने अपेक्षा गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रदेशको सचिवमा प्रतापलाल श्रेष्ठ र उपसचिव श्रीनाथ बराल छन् । गण्डकी प्रदेश साबिक धौलागिरी अञ्चल र गण्डकी अंचल मिलेर बनेको हुँदा २ उपाध्यक्ष र १ उपसचिव पद हाललाई खाली राखिएको छ ।

साथै बैठकले १० बुँदे ठोस कार्यक्रमका साथ युद्धस्तरमा कमिटीहरु निर्माण गर्ने र पार्टी जीवनलाई ब्यवस्थित बनाउने निर्णय पनि गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्