Shikhar Insurance

सरकारी लगानीमा थपियो नयाँ डिजिटल पेमेन्ट कम्पनी, सर्वसाधारणलाई आइपीओ

सिंहदरबार संवाददाता
२०७८ भाद्र २९, मंगलवार १०:३५
NIMB
Nabil Bank

काठमाडौं । सरकारी लगानी अर्थात नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको संयुक्त लगानीमा नयाँ डिजिटल पेमेन्ट कम्पनी थपिएको छ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले मंगलबारदेखि सेवा आरम्भ गर्न लागेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारीले नमस्ते पेका नामबाट नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले सेवा थाल्न लागेको बताए ।

सिईओ भण्डारीका अनुसार प्लेस्टोर र एप स्टोरबाट नमस्ते पे डाउनलोड गरेर सेवा लिन सकिन्छ । पहिलो चरणमा दुरसञ्चार सेवा प्रादयकहरुको रिचार्ज, विद्युत र खानेपानीको बिल तथा केहि बैंकहरुको रकम प्रयोग गर्न सकिन्छ । ‘मंगलबार ब्राण्ड र सेवाको आरम्भ गर्दैछौं, मूलत सरकारी सेवाहरुलाई डिजिटल बनाउनका लागि कम्पनीको भूमिका अग्रणी रहनेछ ।’, सिईओ भण्डारीले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीमा एक अर्ब अधिकृत पुँजी रहेको कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । कम्पनीमा टेलिकमले २५ करोड र बाणिज्य बैंकले १५ करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीले २०७७ चैत ४ गते सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त गरेको थियो ।

यसमा नेपाल टेलिकमको मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग गर्न सकिने सुबिधा छ । टेलिकमले अन्य भुक्तानी सेवा प्रदायकभन्दा फरक यूएसएसडी अर्थात मोबाइलमा अंक डायल गरी बिना इन्टरनेट भुक्तानी सेवा सञ्चालन गर्नेछ ।

मोबाइल एप्स, क्यूआर कोडलगायतका अन्य सेवा पनि यसमा रहनेछन् । नमस्ते पेमा स्मार्टफोन प्रयोग नगर्ने उपभोक्ताले पनि डिजिटल कारोबार गर्न सक्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले सिंहदरबारलाई बताए ।

कम्पनीले कालान्तरमा सर्वसाधारणलाई आईपीओ जारी गर्ने योजनासहित कम्पनीको रोडम्याप तयार पारेको पनि प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । ‘हामीले कालान्तरमा आईपीओ जारी गर्ने सोँचसहित कम्पनीको संरचना तयार पारेका छौं’, प्रबन्ध निर्देशक अधिकारीले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्