Shikhar Insurance

पाण्डे र भट्ट नेकपा एसमा आवद्ध हुन पाउने

सिंहदरबार संवाददाता
२०७८ भाद्र २९, मंगलवार १६:३५
NIMB
Nabil Bank

काठमाडौं । सर्वोच्च अदालतले हस्ताक्षर छुटेका दुई सांसदलाई नेकपा (एकीकृत समाजवादी)मा आवद्ध हुने पाउने निर्णय गरेको छ । नेकपा एमालेका संसदद्वय प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने भएका हुन् ।

सर्वोच्चका न्यायधिस ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रिय सदस्यले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, २ भदौमा दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएका कारण आयोगले सनाखत गरेन ।

रिट सुनुवाइ अनुसार उनीहरुले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको हो । योसँगै प्रतिनिधिसभामा एकीकृत समाजवादीको सांसद संख्या २३ पुगेको छ भने राष्ट्रियसभामा ८ पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्