Shikhar Insurance

भदौ २९ गते २९२९.२९ अंकमा पुग्यो नेप्से, ५ अर्बको सेयर किनबेच

सिंहदरबार संवाददाता
२०७८ भाद्र २९, मंगलवार १६:५३
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । आज (भदौ २९ गते) नेप्से १८ दशमलव ५४ अंकले ओरालो लागेर २९२९.२९ बिन्दुमा पुगेको हो ।

२९ गते नेप्से २९२९.२९ अंकमा अडिनु संयोग बनेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार २ सय २२ कम्पनीको १ करोड ६३ लाख कित्ता सेयर करोबार भएको छ । पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रुपैयाँको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचांक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जिवन बिमा समूहको सूचक ओरालो लागेको छ । दोस्रोमा विकास बैंक छ । निर्जिवन बिमा समूह दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने विकास बैंक समूहका सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । अन्य बाँकी सबै समूहको सूचकमा शून्य दशमलवभन्दा धेरै गिरावट आएको छ ।

आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । कम्पनी १० प्रतिशतले फाइदामा गएको छ । आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ता छन् । कम्पनी ५ दशमलव ५६ अंकले घाटामा गएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्