Shikhar Insurance

मञ्जुश्री फाइनान्सले एकैदिन थप्यो ३ शाखा

सिंहदरबार संवाददाता
२०७८ भाद्र २९, मंगलवार १९:३९
NIMB
Nabil Bank

काठमाडौं । मञ्जुश्री फाइनान्सले नवलपुरको गैंडाकोट, चितवनको हाकिमचोक भरतपुर र पर्साबजारमा शाखा खोलेको छ । फाइनान्सको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरे ।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सको यसअघि नारायणगढ, काठमाडौंको न्युरोड, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम र भैरहवामा गरी १५ वटा शाखा छन् । थप ३ सहित फाइनान्सको शाखा संख्या १८ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

२०७८ असार मसान्तसम्म फाइनान्सले ९६ करोड ५३ लाख रुपैयाँ चुक्तापुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको छ । राष्ट्रियस्तरको यस फाइनान्सले ८.९१ अर्ब निक्षेप संकलन गरि ७.९५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएमको सुविधा दिँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्