Shikhar Insurance

एमालेमा १० बुँदे रडाकोः सुदुरपश्चिममा भिम रावलको आत्मसमर्पणसँगै लेखराजको गर्जन

सिंहदरबार संवाददाता
२०७८ भाद्र २९, मंगलवार १९:४९
NIMB
Nabil Bank

काठमाडौं । १० बुँदे सहमतिका नाममा नेकपा(एमाले)मा रडाको मच्चिएको छ । योगेश भ्टराईले ‘म कहिल्यै एमालेको प्रवक्ता थिइन’ भनेको अर्काे हप्ता भिम रावलले सुदुरपश्तिम पुगेर आत्मसर्पण गरेका छन् ।

रावलले एमाले जोगाउन जस्तो सुकै त्याग गर्छु भनेकै दिन लेखराज भट्टले ‘सुदुरपश्चिम प्रदेशको इञ्चार्ज मै हुँ’ भन्दै गर्जिएका छन् ।
धनगढीमा रावलले कार्यकर्ता भेला मार्फत मलिन अनुहारमा त्यागको घोषणा गरिरहँदा कञ्चनपुरमा भट्टले आफु इञ्चार्ज भएको सगौरव घोषणा गरिरहेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

केपी ओलीले प्रदेश इञ्चार्जको जिम्मेवारी खोसेपछि रावलले पहिलो पटक आफु निकटका कार्यकर्ताहरुसँग छलफल गरेका हुन् । उनले कार्यकतो भेटघाटमा अब लगभग पार्टी इञ्चार्जको जिम्मेवारी नपाउने निश्चित भएको स्वीकार गरेका थिए । उता, भट्टले भने एमाले अध्यक्ष ओलीले आफुलाई प्रदेश इञ्चार्जको जिम्मा दिएका र भिम रावललको जिम्मेवारी अब समन्वयकर्ताको मात्रै हुने घोषणा गरेका थिए ।

यस अघि खोसिएको १० भाईलाई सोही जिम्मेवारीमा कुनै पनि हालतमा नफर्काउने प्रतिवद्धता आफु निकट नेताहरुसँग व्यक्त गरेका छन् । ओली निकटका अधिकांश नेता तथा कार्यकर्ताहरुले पनि माधव नेपाललाई विभाजनको बाटोमा धकेलेर ठूलो भाग खान एमालेमा बसेकाहरुलाई अब ठेगान लगाउने समय आएकोले खुट्टा नकमाउन दबाव दिईरहेका छन् । १० भाईकै कारण एमाले विभाजन भएको र पार्टी सत्ता समेत उनीहरुकै कारण गुमेकाले अब बदला लिने समय भएको बताउन थालेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्