Shikhar Insurance

हिमालयन बैंकको अध्यक्षबाट हटाईए गौतम, के होला नेपाल इन्भेष्टमेन्टसँगको मर्जर ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र २९, मंगलवार २०:३८
NIMB
Nabil Bank

काठमाडौं । कर्मचारी सञ्चय कोषले हिमालयन बैंकको सञ्चालक समितिबाट तुलसी प्रसाद गौतमलाई हटाएको छ । मंगलबार कोषको पत्र अनुसार हिमालयन बैंकले सञ्चालक समितिबाट कोषको प्रतिनिधीका रुपमा रहेका गौतमलाई हटाएको हो ।

अब बैंकमा कर्मचारी सञ्चय कोषका तर्फबाट कामु प्रशासक जितेन्द्र धितालले सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेछन् । हिमालयन बैंकमा कोषको १४ प्रतिशत लगानी रहेको छ र कोषका प्रतिनिधीमा रुपमा गौतमले सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जर गराउने कामको मुल जिम्मेवारी सम्हालिरहेका गौतमको बहिर्गमनले मर्जर प्रक्रिया भने अन्योलमा पर्ने देखिन्छ । हिमालयन बैंक भित्र लगानीकर्ताको एक समुह र कर्मचारीहरुको एक समुहले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरमा व्यापक असन्तुष्ठि राख्दै आएको छ । मर्जर पक्षधार मानिएका गौतमको बहिर्गमनसँगै ‘बिग मर्जर’बारे पनि अन्यौलता थपिएको हो ।

असार ६ गते मर्जरका लागि सैद्धान्तिक स्वीकृति लिएका यी दुई बैंकले असोज ६ गतेभित्रै एकिकृत कारोबार गरिसक्नुपर्ने थियो । तर सो अवधीभित्र एकिकृत कारोबार सम्भव नभएपछि अर्काे ३ महिना समय थप गरिदिनु अनुरोध गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेख्नुपर्छ । दुवै बैंकको सञ्चालक समितिले निर्णय गरेर राष्ट्र बैंकलाई समय थपिदिन आग्रह गर्नुपर्ने भएकाले अब त्यस्तो सम्भव छ कि छैन भन्ने आशंका बढेको छ ।

दुई बैंकले मर्जर भएर ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक’ बन्ने समझदारी थियो । नयाँ बैंकको अध्यक्ष इन्भेस्टमेन्टका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका अशोक राणालाई बनाउने सहमति थियो । दुवै बैंकको स्वाप रेसियो १ बराबर १ कायम हुने भनिएको थियो तर नेपाल इन्भेष्टमेन्ट बैंकले मुद्दा परेको जग्गालाई समेत गणना गरेर डीडीए रिपोर्टमा गडबडी गरेको आरोप छ । पाँडे र राणा परिवार मिलेर दुई वाणिज्य बैंक कब्जा गर्न लागेको आरोप लाग्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्