Shikhar Insurance

पहिलोपल्ट नेपाल आयो भारतीय निजी कार्गो रेल, व्यवसायीलाई ठूलो राहत

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार १२:१७
NIMB
Nabil Bank

काठमाडौं । भारतीय निजी क्षेत्रको पहिलो कार्गो रेल बुधबार बिहान नेपाल आइपुगको छ । निजी क्षेत्रको रेलले पनि नेपाल लक्षीत ढुवानी गर्न पाउने गरी भएको रेल सेवा सम्झौता संशोधनको २ महिनापछि हिन्द टर्मिनल प्रालिको रेल विरगञ्ज आइपुगेको हो ।

सिर्सियास्थित सुख्खा बन्दरगाहमा बिहान १० बजे नेपाली सामान बोकेर कम्पनीको रेल आइपुगेको हो । इस्ट बंगालको कलकत्तास्थित हल्दिया बन्दरगाहबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको कार्गो रेल सिर्सिया आएको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सिंहदरबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

रेल सवा संशोधनअनुसार भारतमा अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर/वागनहरू नेपाल लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिने व्यवस्था छ । भारतका निजी रेल सेवा प्रदायकले नेपालका लागि रेलबाट हुने ढुवानी सेवा दिन सक्ने व्यवस्था भएको हो । संशोधनअनुसार हिन्द टर्मिनल लगायत भारतमा सेवा उपलब्ध गराइरहेका सबै अनुमतिप्राप्त कार्गो ट्रेन अपरेटरहरूले नेपालको पारवहनका लागि हुने ढुवानीका लागि सेवा दिन सक्छन् ।

नेपाल भारत रेल सेवा सुरुआत भएको १७ वर्ष बितेको छ । गत असारमा रेल सेवा सम्झौता संशोधन भएको थियो । दुई देशबीच वि.सं. २०६१ मा पहिलोपल्ट रेल सेवा सम्झौता भएको थियो । यसअघि भारतको सरकारी स्वामित्वको रेलले मात्रे नेपालमा सामान ल्याउँदै आएको थियो ।

रेल सेवा सम्झौता संशोधनमामा नेपाली सामानहरू नेपाल रेलवे कम्पनीका स्वामित्वका रेल तथा वागनले कलकत्तास्थित हल्दियाबाट नेपाल ल्याउन पाउने व्यवस्था छ ।

संशोधनअनुसार नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले विरगञ्ज र विराटनगर देखि कलकत्ता/हल्दिया सम्म रेल सेवा दिन सक्नेछन् ।

विगत केही वर्षदेखि नेपाल-भारतबीच विद्यमान रेल सेवा सम्झौतामा संशोधन गर्ने विषयमा विभिन्न चरणमा छलफल र वार्ता भएका थिए। नेपाल र भारतबीच आदानप्रदान भएको लेटर अफ एक्स्चेन्जमा दुवै देशको सहमति भएअनुरूप असार १४ मा नेपालका तर्फबाट सचिव दिनेश भट्टराईले हस्ताक्षर गरेका थिए । यस्तै असार १५ मा बोर्डका एडिसनल मेम्बर मिश्राले हस्ताक्षर गरेका थिए ।

यो संशोधनले व्यापारको लागत घटाउनुको साथै नेपालको अन्तराष्ट्रिय व्यापारमा समेत महत्वपूर्ण सघाउ पुर्‍याउने सरकारी पक्ष तथा व्यवसायीको ठहर छ ।

भारतमा रेल सेवा उपलब्ध गराईरहेका सवै अनुमति प्राप्त कार्गो ट्रेन अपरेटहरूले नेपालको पारवहनका लागि हुने ढुवानीका लागि सेवा दिन सक्ने भएकाले रेलबाट हुने कार्गो ढुवानीमा प्रतिस्पर्धा बढ्न गई लागत घट्ने तथा समय समेत बचत हुने विश्वास व्यवसायीको छ ।

तस्बिरः काँशीराम बजगाईं

भारतमा नेपाली रेल चल्ने !

धेरै झमेला थियो, रेल सम्झौता संशोधन भएपछि ढुक्क भयोः महासंघ

GBIME

प्रतिक्रिया दिनुहोस्