Shikhar Insurance

‘डबल डिजिट’मा पुग्यो बाणिज्य बैंकहरुले ब्याजदर, के होला सेयर बजार ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३१, बिहीबार ११:०१
NIMB
Nabil Bank

काठमाडौं । तरलतामा चाप पर्न थालेपछि बाणिज्य बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका छन् । अधिकांश बाणिज्य बैंकहरुको मुद्धति निक्षेपको ब्याजदर १० प्रतिशत हाराहारी पुग्न थालेको छ ।

असोज १ गतेदेखि लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका बैंकहरुले मुद्धति र साधारण निक्षेप दुबैको ब्याजदर वृद्धि गरेका छन् ।
बजारमा तरलता अभाव बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले बिहिबार २० अर्ब रुपैयाँ बजारमा पठाउँदैछ । राष्ट्र बैंकले दुई हप्ता अवधीका लागि क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुका लागि २० अर्ब रुपैयाँ उपलब्ध गराउन लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले गत बिहिबार पनि १४ दिने अवधीका लागि ३० अर्ब रुपैयाँ बजारमा पठाएको थियो । तरलता अभावसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर वृद्धि गरिहँदा कर्जाको ब्याजदर स्वतः बढ्न थालिसकेको छ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजारमा पनि बढ्दो ब्याजदरको प्रभाव देखिने बताउन थालिएको छ ।

सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईले ‘ब्याज दर बढ्ने संकेत सेयर बजारका लागि सुखद समाचार हुन सक्दैन्।’ भनेका छन् ।

हेरौं बाणिज्य बैंकहरुले अफर गरेको नयाँ ब्याजदर 
सनराइज बैंकले साधारण बचतमा ५.०७ प्रतिशत ब्याज अफर गरेको छ भने मुद्दती निक्षेपमा ५.०७ प्रतिशतदेखि १०.०७ प्रतिशतसम्म दिने भनेको छ ।

एभरेष्ट बैंकले साधारण निक्षेपमा ३.६१ प्रतिशतदेखि ४ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ६.५० प्रतिशतदेखि ८.६१ प्रतिशतसम्म ब्याज अफर गरेको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा ३.०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिनेछ भने मुद्दतीमा ८.०६ प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंक कृषि विकास बैंकले साधारण बचतमा ३.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिनेछ भने मुद्दतीमा ८.६० प्रतिशतसम्म ब्याज दिनेछ ।

नबिलले साधारण निक्षेपमा ४.२६ देखि ६.२६ प्रतिशतसम्म ब्याज दिनेछ । मुद्दतीमा भने नविलले ६.५१ प्रतिशतदेखि ९.२६ प्रतिशतसम्म दिनेछ ।

सेञ्चुरी कमर्सियल बैंकले पनि साधारण बचतमा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म ब्याज अफर गरेको छ। मुद्दतीमा भने बैंकको ब्याजदर ८ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म हुनेछ ।

नेपाल एसबिआई बैंकले साधारण निक्षेपमा ३.५५ प्रतिशत ब्याज अफर गरेको छ भने मुद्दतीमा ४.५ प्रतिशतदेखि ८.५५ प्रतिशतसम्म दिनेछ ।

नेपाल बंगलादेश बैंकले साधारण बचत तर्फ ३.७६ देखि ४.७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । मुद्धतिमा बैंकले ८.७६ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ ।

सिभिल बैंकले साधारण निक्षेपमा ४.२५ देखि ६.२५ प्रतिशतसम्म र मुद्दतीमा ७.५५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

एनएमबि बैंकले साधारण बचतमा ४.५२ प्रतिशत देखि ६.५२ प्रतिशतसम्म ब्याज अफर गर्दा मुद्दतीमा ९.०२ प्रतिशतसम्म ब्याज दिने भनेको छ ।

हिमालयन बैंकले साधारण निक्षेपमा ४.२५ प्रतिशतदेखि ६.१५ प्रतिशतसम्म र मुद्धतिमा ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म दिने भनेको छ ।

स्ट्याण्र्डड चार्टर्ड बैंकले बचतमा २ देखि ४.५ प्रतिशत र मुद्दतीमा ७.५० प्रतिशतसम्म ब्याज दिनेछ ।

प्रभु बैंकले साधारण निक्षेपमा ३.२५ देखि ५ प्रतिशतसम्म र मुद्दतीमा ८.२५ प्रतिशतसम्म ब्याज दिनेछ ।

एनसीसी बैंकले साधारण निक्षेपमा ४.२६ देखि ५ प्रतिशतसम्म र मुद्दतीमा ९.२६ प्रतिशतसम्म ब्याज दिनेछ ।

माछापुच्छ्रे बैंकले साधारण निक्षेपमा ३ देखि ५ प्रतिशतसम्म र मुद्धतिमा ८.२५ देखि ८.७५ प्रतिशतसम्म ब्याज अफर गरेको छ ।

सानिमा बैंकले साधारण निक्षेपमा ३ देखि ५ प्रतिशतसम्म ब्याज दिनेछ भने मुद्दतीमा ७ देखि १०.०१ प्रतिशतसम्म ब्याज दिनेछ ।

प्राइम बैंकले साधारण निक्षेपमा ४.७६ देखि ५.७६ प्रतिशतसम्म ब्याज दिनेछ भने मुद्दती निक्षेपमा ८ देखि ९.७६ प्रतिशतसम्म ब्याज दिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्